मिति : २०७९।०९।०६

च.न २५/२०७९/८०
श्रीमान अध्यक्ष÷संचालक ज्यू,
सदस्य रेडियो स्टेशन
                               
विषयः– रोयल्टी बुझाउने तथा नविकरण गर्ने सम्बन्धमा ।
महोदय,
     उपरोक्त सम्बन्धमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नियम बमोजिम आर्थिक बर्ष गत बर्ष २०७८।०७९ को अडिट रिर्पोट र सो अडिट रिर्पोटमा रेडियोले गरेको कुल आम्दानी(आम्दानीमा बैंकको व्याज समेत)को ०.५ प्रतिशत दरले (प्रदेश नं. १ कार्यालयमा बुझाउनेको हकमा मात्र) र १ प्रतिशित दरले बाँकीको हकमा हुन आउने कुल रकम यहि पुस मसान्त भित्र ५०० वाट सम्मका रेडियोहरुले सम्बन्धीत हुलाक कार्यालय (प्रदेश नं. १ को हकमा प्रदेश कार्यालयमा) र १००० वाट सम्मका रेडियोहरुले प्रदेश कार्यालय तथा त्यस भन्दामाथि वाट क्षमता भएका रेडियोहरुले सूचना तथा प्रशारण विभाग सञ्चारग्राम काठमाण्डौंमा बुझाउनुहुन विनम्र अनुरोध गरिन्छ ।

 
नोट : यदि सो अवधि भित्र रोयल्टी नबुझाएमा प्रति महिना १० प्रतिशतका दरले जरिवाना लाग्ने सबैको जानकारीको लागी अनुरोध छ । यदि यस सम्बन्धी थप जानकारी चाहिएमा (कार्यालय समय भित्र) कार्यालयको सम्पर्क नम्वर ०१-५३५२४५१ मा सम्पर्क गर्न सक्नुहुने छ ।
 
 
नविन बाबु
महासचिव