व्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल स्वतन्त्र रेडियो स्टेसनहरुको प्रतिनिधिमूलक संगठन हो । स्वतन्त्र रेडियोहरुको पेशागत
हक हितको रक्षा र विकासको निम्ति सक्रिय रहनु, नागरिकको सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रता अधिकतम
रुपले उपभोग हुने अवस्था सृजना गर्दै स्वतन्त्र रेडियोहरुलाई व्यवसायिक विधिवाट सक्षम र सुदृढ हुने वातावरण निर्माणको
निम्ति भूमिका निर्वाह गर्नु, समग्रमा पत्रकार र  मिडिया क्षेत्रको हक, हित र विकासमा केन्द्रीत हुनु एसोसिएसनको कर्तव्य हो
। साथ साथै एसोसिएसनले लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, सुसासन, समानता, सामाजिक न्याय, दिगो विकास,
वातावरण रक्षा र स्वाधिन अर्थतन्त्रको विकास, भाषा, कला, साहित्य, सस्कृति र सामाजिक सद्भाव अभिबृद्धिको निम्ति
अतुलनिय योगदान दिएकोछ । यसलाई अझ व्यवस्थित र सुदृढ गर्न एसोसिएसन प्रतिवद्धछ ।
 
एसोसिएसनले गर्ने कार्यहरु यसका लक्ष उद्देस्य र नीति अनुकुल हुने गरी निर्धारण गरिने छ । 
 
 १. जनक्रान्ति र आन्दोलनहरुवाट प्राप्त उपलव्धिहरुको रक्षा तथा नागरिकको सूचनाको हक र विचार तथा अभिव्यक्ति
स्वतन्त्रताको निम्ति अनुकुल वातावरण निर्माण गर्न सक्रिय रहने ।
 
a) जनक्रान्ति २०६२।०६३ उठाउन अग्रमोर्चामा रहेर संघर्ष गरेको, संविधानसभाको निर्वाचनको निम्ति व्यापक जनमत
निर्माण गरेको, संबिधानसभावाटै अग्रगामी संविधान निर्माण गरी जनक्रान्ति र जनआन्दोलनहरुमा व्यक्त जनभावना संस्थागत
गर्ने अभियान सञ्चालन गरिएको भएतापनि अझै यो लक्ष पुरा भएको छैन । प्राप्त उपलव्धिहरु संस्थागत गर्दै थप
उपलब्धिहरुको निम्ति नागरिकलाई सचेत गर्ने कार्यमा नेपालका स्वतन्त्र रेडियोहरुको उल्लेख्य योगदान कायम राख्न हर संभव
प्रयत्न गरिनेछ । 
 
b) विभिन्न व्यक्ति, शक्ति केन्द्रहरु वा राज्य र गैरराज्य पक्षवाट हुने नागरिकको सूचनाको हक र विचार तथा अभिव्यक्ति
स्वतन्त्रताको हक विरुद्धका कुनै पनि क्रियाकलापको तत्काल विरोध गरी प्रेस स्वतन्त्रताको रक्षाको निम्ति क्रियासिल हुने
सस्थाको रुपमा निर्माण गरेको परिचय अझ प्रभावकारी वनाउन व्यान सक्रिय रहने छ । 
   
c) नयाँ वन्ने संविधानमा प्रेस स्वतन्त्रता तथा नागरिकको सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रता अझ सुदृढ
गर्न राख्नु पर्ने प्रावधानहरुका विषयमा सक्रियता पूर्वक आवश्यक कार्य गरिनेछ । यस विषयमा पेस स्वतन्त्रता तथा सूचनाको
हक र विचार तथा अभिब्यक्ति स्वतन्त्रता पक्ष धर सस्थाहरुसंग सहकार्यगरी अभियानहरु सञ्चालन गरेर नयाँ संबिधान जारी

नभएसम्म संबिधानका प्रवधानहरु र त्यसले भविष्यमा पार्ने असरको वारेमा अध्ययन अनुसन्धान गरी सकारात्मक प्रभावको
निम्ति आवाज उठाइनेछ ।
 
d) नागरिकको सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रता लगायत संवैधानिक हकहरु क्रियान्वयन गर्न,
गराउनको निम्ति  नीति, ऐन, नियम वनाउन दवाव दिने, नीति निर्माणमा सहभागि हुने कामहरुमा सक्रिय भूमिका निवार्ह
गरिनेछ । 
 
२. स्वतन्त्र रेडियोहरु, पत्रकार र मिडिया क्षेत्रको हक अधिकारको निम्ति सङ्घर्ष गर्ने ।
a) संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ मूल्य र मान्यता अनुरुप हुने गरी आमसञ्चार माध्यमहरुप्रति राज्य र
सरकारको दृष्टिकोण, धारणा, नीति, कानून र व्यवहारमा परिवर्तनगर्न वानले गर्दै आएको संघर्ष सफल वनाउन अझ प्रभावकारी
तवरले आन्दोलन सञ्चालन गरिनेछ । 
 
b) स्वतन्त्र रेडियोहरुको हक अधिकारका सम्वन्धमा सरकार आफैं सक्रिय हुनु पर्नेमा अहिलेसम्मका सरकारहरुले सर्वोच्च
अदालतका विभिन्न मितिमा भएका निर्णय, आदेश र फैसलाहरुको कार्यान्वयनगर्नसम्मपनि सक्रियता देखाएका छैनन् । स्वतन्त्र
रेडियोहरुको हक अधिकार प्राप्त गर्न दवावमूलक आन्दोलन, गर्ने वकालत गर्ने, नीति निर्माणमा सहभागिताको सुनिस्चितताको
निम्ति संघर्ष गर्ने र नीति निर्माणमा योगदान गर्ने, मुद्धा दायर गर्ने, प्रतिवाद गर्ने लगायत शान्तिपूर्ण र लोकतान्त्रिक उपायहरु
अवलम्वन गरिने छ । 
 
c) स्वतन्त्र रेडियोहरुमा कार्यरत पत्रकार तथा कर्मचारीहरुको हक अधिकार सुनिस्चितगर्न वान सधै अग्रसर रहेको छ ।
आगामी दिनहरुमा यस विषयमा अझ प्रभावकारी काम गर्न आवश्यक देखिएको छ । स्वतन्त्र रेडियोहरुको प्रभावकारीता
अभिबृद्धि गर्न पत्रकार तथा कर्मचारीहरुको  क्षमता अभिबृद्धि र हक अधिकारको सुनिस्चितता गर्नु पर्ने वानको दृढ निस्चय
धारणा रहेको हुँदा सबै स्वतन्त्र रेडियोहरुलाई यसतर्फ ध्यानाकर्षण गराइने छ । 
 
d) सञ्चार उद्यमी, पत्रकार, सञ्चारकर्मी र सञ्चार माध्ययमहरुको भौतिक सुरक्षा, लगानीको सुरक्षा लगायत हक हितको
पक्षमा वान सधैं सक्रिय रहने छ । नेपाल पत्रकार महासंघ र सरोकारवाला सस्थाहरुसंग आवश्यक्ता अनुसार सहकार्यगरी
उपलब्धिहरु हासिल गर्न र अवान्छित गतिविधिहरुको प्रतिवाद गरिने छ । 
 
e) विदेशी विद्युतिय आमसञ्चार माध्यमहरुले नेपालवाट प्रसारण गर्न अनुमति लिनु पर्ने प्रावधानको निम्ति वानले गरेको
संघर्ष नीतिगत रुपमा सफल भएको भएतापनि व्यवहारिक रुपमा कार्यन्वयन नभइसकेको तथा नयाँ रुपमा समस्या प्रकट
भइरहेको तर्फ सचेत हुँदै आवश्यक खवरदारी गर्दै स्पष्ठ नीति र ऐन नियमको निम्ति संघर्ष जारी राखिने छ ।
 
f ) विदेशी विद्युतिय सञ्चार माध्यमहरुका क्यारियरहरुले नेपालमा उपभोक्तासंग शुल्क पनि लिने, विज्ञापन पनि देखाउने
गरेर दोहोरो लाभ लिइरहेका छन् । अन्तरराष्ट्रिय प्रचलन अनुसार कि त बिज्ञापन देखाउनु भएन कि त उपभोक्तासंग शुल्क
लिनु भएन । वानले यस सम्वन्धमा सरकारको ध्यानाकर्ष गराएको छ । नेपाली मिडिया उपभोक्तहरुलाई सचेत वनाउर्दै
उपभोक्तालाई ठगिनवाट जोगाउने र नेपाली मिडियाहरुलाई परेको असर हटाउन आन्दोलन सञ्चालन गरिने छ । 
 
g ) तार रहित प्रविधिको विकास संगसंगै विदेशी डिटिएचको प्रभाव पनि नेपालमा वढिरहेको छ । यसले नेपालको समग्र
स्थितिमा पर्ने असर, नेपाली मिडियामा पार्ने असर र मिडिया उपभोक्ताहरुको सवालमा वानले पहिलो पटक अवधारणा
सार्वजनिक गरेपछि लामो वकालत भयो । फलस्वरुप नेपालवाट डिटिएच सुरुगर्ने प्रवन्ध गरिएको छ । बिदेशी डिचिएच
हटाउने र नेपाली डिटिएच स्थापित गराउने तर्फ सहयोग गरिने छ ।
 
h ) सरकारले सरकारी सूचना वा विज्ञापन समानुपातिक वितरण प्रणाली संवन्धी निर्देशिका लागू गरेको छ । यसलाई
तत्काल लागू गर्न आवश्यक पहल गरिनेछ । सरकारी विज्ञापन न्यायोचित र प्रभावकारी ढंगवाट सवै प्रकारका
 मिडियाहरुलाई उपलब्ध गराउन पहिले देखिनै नेपाल पत्रकार महासंघ, छापा माध्यम राष्ट्रिय सञ्जालले वकालत गर्दै आएको
हो । व्रोडकाष्टिङ एसोसिएसन अफ नेपालले आफ्नो स्थापना कालदेखिनै यस विषयमा समर्थन जनाउदै र वकालत गर्दै आएको
छ । 
 

i ) वानले लोमो समयदेखि गरेको संघर्षको परिणामस्वरुप सरकारले छापा माध्यमलाईमात्र दिदैं आएको
लोककल्याणकारी विज्ञापन बिद्युतिय सञ्चार माध्यमलाई पनि दिने नीति स्वीकार गर्दै मन्त्रीपरिषद्वाट मिति २०६६।४।४ मा
छापा र बिद्युतिय सञ्चार माध्यमलाई समान रुपले लोककल्याणकारी बिज्ञापन उपलव्ध गराउन किटानी निर्णय गर्दै वजेटसमेत
तोकेको छ । तर अर्थ मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयले छापा माध्यमको हकमा उक्त निर्णय तत्काल कार्यान्वयन
गरेका छन् भने विद्युतिय सञ्चार माध्यमहरुकाहकमा आंशिक रुपले निर्णय कार्यान्वयन गरेर पुनः बिद्युतिय सञ्चार
माध्यमहरुमाथी विभेद गरिएको छ । चालु आ.व.मा सरकारले यो विभेद अन्त्य नगरे वानले कडा भन्दा कडा आन्दोलन
सञ्चालन गरी आफ्नो हक प्राप्त गरिछाड्ने नीति लिनेछ ।
 
j ) स्वतन्त्र रेडियोहरुको मुख्य समस्या आर्थिक श्रोतको कमी हो । स्वतन्त्र रेडियोहरुको  आर्थिक श्रोत अभिबृद्धि गर्न स्थानिय
निकाय, सरकार, सहकारी र गैरसरकारी क्षेत्रसंग सहकार्य गरी अधिकार र विकास अभियानको साझेदारको भूमिका अभिबृद्धि
गर्नेगरी आफ्नो कार्यक्रम र वजार योजना निर्माण गर्न वानले स्वतन्त्र रेडियोहरुलाई अभिप्रेरित गर्दै आएको छ भने संवन्धित
निकायहरु र सार्वाजनिक रुपमा वकालत गर्दै आएको छ । यस विषयमा सदस्य रेडियो स्टेसनहरुको गम्भिर ध्यानाकर्ष गर्दै
आपसि सहकार्यको विधिद्धारा लक्ष प्राप्ति गर्ने रणनीति तथा कार्यनीति लागू गरिनेछ ।
 
k ) आफ्नो शक्ति र प्रभावको तुलनामा हालको समग्र वजारवाट स्वतन्त्र रेडियोहरुले अति न्यून आर्थिक हिस्सा मात्र प्राप्त गरेको
यथार्थको पछाडी हामी स्वतन्त्र रेडियोहरु आफैं वढ्ता जिम्मेवारछौ भन्ने महशुस गर्दै अस्वस्थ प्रतिष्पर्धा रोक्न, न्यूनतम दररेट
कायम गराउन र रेडियोहरुको मार्केटिङ क्षमता अभिबृद्धि गर्न वानले आफ्नोध्यान केन्द्रीत गर्ने छ ।
 
l ) राष्ट्रिय,अन्तरर्राष्ट्रिय गैरसरकारी संघ सस्था, युएन एजेन्सीहरुले मनपरी ढंगवाट आफूखुसी मिडिया परिचालिन गरी
नेपालको स्वाधिनता र राष्ट्रिय अस्तित्व माथीनै चुनौति दिइरहेका छन् । सरकारले यससम्वन्धमा वोल्ने हिम्मत गर्न सकेको
छैन । आगामी दिनहरुमा यस तर्फ अझ ध्यान दिइने छ ।
 
m ) स्वतन्त्र रेडियोहरुको तर्फवाट वानले सरकार समक्ष प्रस्तुत गरेको  १६ वुंदे माग पुरा गर्न आन्दोलित रहनु र प्राप्त
उपलव्धिहरुको रक्षा गर्दै थप उपलब्धिहरुको निम्ति संघर्ष गर्नु वानको तत्कालिन कार्यनीति हुने छ । 
 
n )  स्वतन्त्र रेडियोहरुमा आइपर्ने श्रम लगायत विभिन्न प्रकृतिका समस्याहरु समाधानको निम्ति सक्रिय रहनु वानको
कर्तव्य हुने छ ।
 
o ) स्वतन्त्र रेडियोहरुलाई आवस्यक प्रसासनिक सहयोगको निम्ति सहयोगिको भूमिका निर्वाह गर्न वान सदा तत्पर रहने
छ ।
 
p ) स्वतन्त्र रेडियोहरुलाई आइपर्ने प्राविधिक समस्या समाधान गर्न वानले दक्ष जनशक्ति सहितको आवश्यक प्रवन्ध गर्ने
छ । 
ज्ञठ। सरकारले जथाभावि फ्क्विेन्सी वितरण गरेको कारण उत्पन्न समस्या समाधान गर्न वान सक्रिय रहने छ । 
 
q ) बिचार, ज्ञान, अनुभव, प्रबिधि, उपकरण र सिप आदान प्रदान गरी, गराई समस्या समाधान र भातृत्व विकासको
निम्ति पहल गरिने छ ।
 
r ) लोडसेडिङ समस्या समाधानमा र बिद्युत महशुलमा सहुलयत प्राप्त गर्न सरकारसंग माग गरिने छ ।
 
s ) परम्परागत अवैज्ञानीक र महंगो प्रकासनमूखी सरकारी नीति परिवर्तन गरी रेडियो माध्यमको सदुपयोगको निम्ति
अभियान सञ्चालन गरिने छ ।
 
t ) बिद्युतिय सञ्चार माध्यमको पहिचान स्थापित गरी अधिकार सम्पन्न वनाउन सर्वप्रथम सरकारले राष्ट्रिय प्राथमिकता
प्राप्त सामाजिक उद्यमको रुपमा सञ्चार उद्योगको वर्गिकरण गरियोस भनेर वानले राखेको माग जोगदार रुपमा उठाइने छ ।
 

u ) सूचनाको हक सम्वन्धी कानूनको पालना हुन सकेको छैन । सरकारी, गैरसरकारी र सार्वजनिक निकायहरुले तीन
तीन महिनामा दिनु पर्ने सूचना दिएका छैनन् । सूचनाको हक संवन्धी कानून कार्यान्वयन गर्न स्थानिय निकायहरुसंग स्थानिय
रेडियोहरुको सहकार्यको निम्ति वानले जोडदार आवाज उठाउने छ ।
 
v ) स्वतन्त्र रेडियोहरुसंग आवश्यक चालु पुँजीको अभाव हुँदा ऋण लिने ठाँउ समेत छैन । सहुलियत ऋणको प्रवन्ध गर्न
सरकारले एक कोष स्थापना गरेर रेडियोका तत्कालिन आर्थिक समस्या समाधानमा सहयोग गर्न सरकार र गैर सरकारी क्षेत्रसंग
पहल गरिने छ । जसले गर्दा समयमै तलव दिन नसक्दा उत्पन्न हुने वहुआयामिक तनाव घटाउन र अन्य खर्चहरु नपुग हुँदा
वढ्ने खर्च घटाउन मद्दत गर्ने विश्वास लिइएको छ । 
 
w ) रेडियोहरुले तिरेको इजाजत शुल्क, नवीकरण शुल्क र रोयल्टी लगायत करहरुवाट निस्चित रकम कट्टा गरी एक कोष
खडा गरेर स्वतन्त्र रेडियोहरुमा कार्यरत पत्रकार तथा कर्मचारीहरुको हितमा उपयोग गर्न वानले यसअघिदेखि उठाएको आवाज
पुरा गराउन पहल गरिने छ ।