लक्ष
नेपाली नागरिकको  सुख, शान्ति र सम्वृद्धि एसोसिएसनको लक्ष हो । यो लक्ष प्राप्त गर्न नागरिकले निर्वाधरुपमा आफ्ना मौलिक हकहरु उपभोग गर्नु पर्दछ । सूचना नै शक्तिको श्रोत भएको हुँदा सबैभन्दा पहिले नागरिकलाई सूचना र विचार तथा अभिब्यक्ति स्वतन्त्रता उपभोग गर्ने सरल, सहज र थोरै खर्चमा   वहुउययोगि साधन उपलब्ध हने तथा मनोरञ्जन प्राप्त हुने अवस्था सृजना गर्नु एसोसिएसनको लक्ष हो ।   
 
उद्देस्य
१. नेपालको आम सञ्चार र खास गरी रेडियोको क्षेत्रमा अनुकुल नीति, ऐन, नियम निर्माण गर्न  वहस पैरवी गर्ने ।
२. रेडियो स्टेसनको हक अधिकारको पक्षमा वहस, पैरवी, अभियान र आन्दोलन सञ्चालन गर्ने ।
३. रेडियो स्टेसनको ब्यवसायिक क्षमता अभिवृद्धिको निम्ति काम गर्ने ।
४. रेडियो स्टेसनको आर्थिक श्रोतमा पहुँचको निम्ति काम गर्ने ।
५. रेडियो स्टेसनहरु बीच एकता र भाइचारा सम्वन्ध अभिबृद्धि गर्ने ।
६. रेडियो स्टेसनमा कार्यरत जनशक्तिको हक अधिकार शुनिश्चित गर्ने । 
७. रेडियो स्टेसनमा कार्यरत जनशक्तिको क्षमता  विकास गर्ने ।
८. रेडियो प्रबिधिको क्षेत्रमा भएका प्राविधिक उपलब्धिहरुवारे संवन्धीत पक्षलाई सुसूचित गर्ने ।   
९. रेडियो स्टेसनलाई आईपर्ने प्राविधिक समस्या समाधानको निम्ति काम गर्ने ।
९. सञ्चार संवन्धी शिक्षा, सूचना र तथ्य तथ्याङ्कहरु प्रकासन प्रसारण गर्ने ।
१०.रेडियो स्टेसनहरुको तर्फवाट सरकारी, सार्वजनिक वा स्वतन्त्र आयोग, समिति, वा निकायमा  प्रतिनिधित्व गरी नेपालका स्वतन्त्र रेडियोहरु, नेपाली नागरिक र नेपाल राष्ट्रको हित अभिबिद्धि  गर्ने । 
११. स्वतन्त्र रेडियो स्टेसनलाई आईपर्ने समस्याहरु समाधानको निम्ति मध्यस्थ गर्ने ।
१२. सञ्चार उपभोक्ताहरुको हक अधिकारको पक्षमा जिम्मेवार भूमिका निर्वाह गर्न पहल प्रयत्न गर्ने ।