ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) र रेडियो ब्रोडकाष्टर्स फोरम (आरविएफ) नेपालको  संयुक्त प्रेस विज्ञप्ति
 
नेपालका स्वतन्त्र रेडियोहरुका प्रनिधिमूलक संगठनहरु ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) र रेडियो ब्रोडकाष्टर्स फोरम (आरविएफ) नेपालवीच स्वतन्त्र रेडियोहरुलाइ सुदृढ र सक्षम बनाउन आपसी सहकार्य गर्ने बारे सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ । 
स्वतन्त्र रेडियोहरुको क्षमता विकास र सुदृढिकरणको निम्ति स्वतन्त्र रेडियोहरु आफैंले गर्नु पर्ने काम र प्रतिनिधिमुलक संगठनहरुले गर्नु पर्ने काम तत्कालैदेखि सुरु गर्ने तथा सरकार र राज्य पक्षवाट हुनु पर्ने सहयोगको निम्ति ससक्त रुपले अघि वढ्ने कार्य योजना सहित सम्झौता भएको हो । 
स्वतन्त्र रेडियोहरुलाइ सक्षम र सुदृढ बनाउन  विगत लामो समयदेखि सरकार र राज्य पक्षसँग संगठनहरुले राख्दै आएका मागहरु पुरा गराउन सशक्त पहल गर्ने, रेडियो व्यवस्थापन तालिम सञ्चालन गर्ने, रेडियोहरुको निम्ति नियुनत्तम प्रसारण दररेट निर्धारण गरी लागु गर्ने, रेडियो आचार संहिता तयार गरी लागु गर्ने, रेडियोमा आर्थिक स्रोत व्यवस्थापन तालिम, जनशक्ति विकास तालिम संयुक्त रुपमा सञ्चालन गरी आपसी एकता र भाइचारा अभिबृद्दि गर्दै स्वतन्त्र रेडियोहरुलाइ सुदृढ र व्यवस्थित गर्ने विषयमा संयुक्त रुपले पहल गर्ने सम्झौता पत्रमा  उल्लेख गरिएको छ ।
सम्झौता कार्यन्वयन गर्न दुवै संगठनका तीन–तीनजना प्रतिनिधि रहेको एक ६ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) का अध्यक्ष विष्णुहरि ढकाल, महासचिव कुमार भट्टराइ, कोषाध्यक्ष विष्णुप्रसाद सापकोटा हुनुहुन्छ भने रेडियो ब्रोडकाष्टर्स फोरमका तर्फवाट अध्यक्ष आर.के.श्रेष्ठ, महासचिव गोपाल पौडेल, र कार्य समिति सदस्य संजय अधिकारी रहनुभएकोछ ।