मिति : २०७९।०९।०५
च.न २४÷२०७९÷८०
श्रीमान अध्यक्ष÷संचालक ज्यू,
सदस्य रेडियो स्टेशन

 
विषयः– लोककल्याणकारी विज्ञापनको लागि आवेदन दिने सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा गत बर्ष जस्तै यो बर्ष पनि लोककल्णकारी विज्ञापन प्राप्त गर्नको लागि विज्ञापन बोर्डमा अध्यावधी गर्नु भएका रेडियोहरुले आर्थिक बर्ष २०७९।०८० को लागि लोककल्याणकारी विज्ञापन प्रशारण गर्न पाँउ भनि अनलाई मार्फत आवेदन दिन पुनः म्याद यहि पौष १२ गते सम्म थपिएको हुनाले आवेदन दिन छुटेका रेडियोहरुले आवेदन दिनु हुन अनुरोध छ ।
आवेदन दिनको लागि आवश्यक कागजपत्रहरु -
१.आर्थिक बर्ष २०७७।७८ को कर चुक्ता प्रमाण पत्र ।
२.आर्थिक बर्ष २०७९।८० को इजाजत र लाइसेन्स नविकण (दुवै पाना)
कसरी दिने आवेदन ?
१.विज्ञापन बोर्डको आधिकारी साइट adboard.gov.np मा जाने ।
२.अघिल्लो बर्ष दर्ता गर्दा प्रयोग भएको आइडी र पासवर्ड राखेर ड्यासबोर्डमा जाने ।
३.ड्यासबोर्डमा लोकल्याणकारी अप्सनमा गएर आवश्यक कागजपत्र अपलोल गर्ने ।
४.नेक्ट गर्दै जाँदा अन्तिमा एउटा फर्म जेनेरेट हुन्छ त्यसलाई डाउनलोड गरि सहि, छाप सहित त्यहाँ ठाँउमा अपलोड गरि सवमीट गरिदिने ।
नोट :- आवेदन दिँदा कुनै कठिनाइ भएमा (कार्यालय समय भित्र) कार्यालयको सम्पर्क नम्वर    ०१–५३५२४५१ म सम्पर्क गर्न सक्नुहुने छ ।

नविन बाबु
महासचिव